नेकपा–माओवादीको बन्दसत्र सुरु हुँदै

http://sindhulidarpan.blogspot.com/2013/01/political.html
काठमाण्डौ,पुस २६ ।
नेकपा–माओवादीको महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ । अहिले केहीबेरबाट राजधानीको कमलादीमा सुरु हुने बन्दसत्रमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुनेछ । आजै महासचिव रामबहादुर थापाले पनि सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
पुस २९ गतेसम्म चल्ने महाधिवेशनमा पार्टीको भावी कार्यदीशाका विषयमा छलफल केन्द्रित रहने प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । करिव २ हजार प्रतिनिधि र परिविक्षेकको सहभागिता रहेको महाधिवेसनमा “जनविद्रोह” वा “शान्तिर्पूण राजनीति” भन्ने विषयमा छलफल हुनेछ । अध्यक्ष वैद्यको प्रतिवेदनमा जनयुद्धको जगमा टेकेर अझै जनविद्रोहमा जानुपर्ने विषय उल्लेख गरिएको छ । प्रतिवेदन माथिको समुहगत छलफल सकिएपछि पार्टीले एउटा रणनीति तय गरेर अघि बढ्ने भूषालले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !