चिसोवाट जनजिवन प्रभावित

http://sindhulidarpan.blogspot.com/2013/01/cold_10.html
काठमाडौ पौष २६ ।
अत्याधिक चिसोका कारण मुलुक भरको जनजिवन प्रभावित भएको छ । तराईमा शितलहर चलेको छ भने पहाड र हिमालमा हिउँ पर्दा त्यहाको दैनिकी कष्टकर बनेको हो । चिसोका कारण देशभर अहिले सम्म मृत्युहुनेको संख्या ४० कटिसकेको छ । चिसो बढ्न थालेपछि अहिले विद्यालयहरुमा धमाधम विदा दिइन थालिएको छ । हिजो मात्रै चिसोले कठाङ्गीएर कैलालि र कंचनपुरमा ५ जनाको मृत्यु भएको हाम्रा सहकर्मीले खबर पठाएका छन् ।
कञ्चनपुरको लक्ष्मीपुर गाविस वडा नं–९ पडाउकी मलेसी रानाका ४ वर्षिय छोरा विरेसिह र लक्ष्मीपुर ९बुटाबारीकी ७४ बर्षकी शिबकला जैशीको चिसोका कारण मृत्यु भएको हो । आर्थिक स्तिथी कमजोर भएका कारण आवश्यक न्यानो कपडा नहुदा कठाङ्गीएर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ४ बर्षिय मृतक रानाको बेलौरी स्थित स्वास्थ्य चौकीमा पोष्टमार्टम गरीएको छ भने जैशीको पोष्टमार्टम नगरी अन्तेष्टी गरिएको प्रहरीले जनाएको छ । यस्तै कैलालीको पहमानपुर गाविसमा चिसोले कठ्ग्रिएर तीन जनाको मृत्यु भएको छ । स्थानीय वासिन्दा फागुराम डगौराका अनुसार वढ्दै गएको चिसोका कारण पहलमानपुर गाविस–१ का भारतीय मुलका व्यापारी कयुम हस्मी, पहलमानपुर–१ का सिममाया प्रसाई र पहलमानपुर गाविस–२ सिसैयाका फग्ना चौधरीको मृत्यु भएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !