पोखरामा पहिलो पटक सडकमै फोटो प्रदर्शनी हुने



पोखरा,फागुण,११
‘सुन्दर नेपाल, शान्त नेपाल’ भन्ने मूलनारासहित आजदेखि पोखराको लेकसाइड र चिप्लेढुंगामा हुने एनएफपिजे फोटो मेला–२०६९को तयारी पूरा भएको  आयोजकले जनाएको छ ।  राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीले भोलिसम्म गर्ने दुई दिने मेलामा पोखरा, काठमाण्डौ, वीरगञ्ज, बाग्लुङ, अन्नपूर्ण पदयात्रा, सगरमाथालगायतका क्षेत्रमा खिचिएका करिब १ सयभन्दा बढी फोटाहरु मेलामा राखिने अध्यक्ष कृष्णमणि बरालले जनाउनुभयो । पहिलो दिन धेरै मानिसलाई मेलामा सहभागी गराउने उद्देयले  सडकमै मेलाको आयोजना गरिएको  राष्ट्रिय र पर्यटकहरुलाई लक्षित गर्दै लेकसाइडको बाराहीचोकदेखि फोटोहरु सडक पेटीमा प्रदर्शनका लागि राखिने भएको छ । त्यस्तै, मेलाको दोस्रो दिन पोखराको मुख्य बजार चिप्लेढुंगामा समेत फोटो प्रदर्शनी गरिनेछ । मेलामा पोखरा र आसपासका विभिन्न जात जातिका भेषभूषा, रहनसहन, लोपोन्मुख जातजातिका संस्कृती, ताल, हिमाल र गुफा समेटर खिचिएका यसक्षेत्रका करिब ४०  फोटोहरु राखिने कास्की सचिव प्रदिप पौडेलले बताउनुभयो ।

Related

प्रमूखखबरहरु 5049418513985312097

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item