उत्तरी नाकाबाट नेपाल आउने पर्यटकको संख्यामा कमी

http://sindhulidarpan.blogspot.com/2013/02/news_3669.html
काठमान्डौ,फागुण,११
चीनसँग नेपालको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी भएर नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सन् २०१३ को पहिलो महिनामा निकै घटेको छ । जनवरी महिनामा एक हजार १ सय ५९ जना पर्यटक तातोपानी नाका भएर नेपाल भित्रिएको अध्यागमन कार्यालय कोदारीले जनाएको छ । १ हजार २ सय ८७ जना नेपालबाट चीन गएका छन् । सन् २०१२ को त्यसै अवधिमा १ हजार ६ सय जना विदेशी पर्यटक नेपाल आएका थिए भने ४ हजार ६ सय २६ जना पर्यटक चीन गएको अध्यागमन प्रमुख जगनाथ शर्माले जानकारी दिनुभयो । चीनको नेलम क्षेत्रमा लामो समयसम्म हिउँ परेकाले पर्यटकको संख्या घढेको अध्यामन प्रमुख शर्माले बताउनुभयो । उत्तरी नाका हुनै पर्यटकहरु नेपालको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !