युवा संघको आठौं महाधिवेशन आजदेखि बुटवलमा


काठमान्डौ फागुण,११
नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि बुटवलमा शुरु हँुदैछ । महाधिवेशनको एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको महाधिवेशन आयोजक मुल समिति संयोजक झपट रावलले जानकारी दिनुभयो । महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न एमाले अध्यक्ष खनाल, वरिष्ठ नेता माधव नेपाल, सचिवहरु शंकर पोखरेल, विष्णु पौडेल र युवराज ज्ञवालीलगायतका नेताहरु बुटवल आइसकेका छन् भने नेता केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारीलगायतका नेताहरु आजै आइपुग्ने छन् । आगामी ३ वर्षे कार्यकालको नेतृत्व चयनका लागि हुने महाधिवेशनमा देशभरबाट पाँच सय महिलासहित एक हजार पाँच सय प्रतिनिधि बन्दसत्रमा सहभागी हुनेछन् । उद्घाटन समारोहमा एक लाख जनता उतार्ने संघले दावी गरेको छ । उद्घाटन समारोह अघि बुटवलको गोलपार्क, राजमार्ग चौराहा र पारी बुटवलबाट एकसाथ जुलुस शुरु भई बुटवल–९ दीपनगरस्थित सिद्धेश्वर उच्च माविको प्रांगणमा पुगेर सभामा परिणत हुनेछ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष हिरा केसी र झपट रावल तथा महासचिव निरज आचार्यले दाबेदारी पेश गरेका छन् । १३५ सदस्यीय केन्द्रीय समितिको नेतृत्व चयनका लागि बन्दसत्र भोलिदेखि शुरु हुनेछ । उपाध्यक्ष र सचिवको कति संख्याको बनाउने भने अझै टुंगो लागेको छैन । 
यसैबीच एमालेका शीर्ष नेताहरु बुटवल भएकाले प्रमुख शक्तिहरुको छलफल भने अनिश्चित भएको छ । हिजो कानून व्यवसायीहरुको सुझावअनुसार आज छलफल गरेर केही निर्णय गरिने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत केही नेताले बताए पनि एमाले नेताहरु नभएका कारण बैठक अनिश्चित भएको हो । तर दिउँसोतिर छलफल गर्न सकिने एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 4836878354735553124

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item