प्रेम प्रस्ताव कसरी राख्ने ?

http://sindhulidarpan.blogspot.com/2013/02/blog-post_230.html
- कसैलाई देख्नासाथ एवं मन पराउना साथ प्रेम प्रस्ताव राख्नु पागलपन हो। त्यसैले आफुले मन पराएका युवक, युवतीलाई प्रस्ताव राख्नु अघि उसको मन जित्नु आवश्यक छ।
- आफुले मन पराएका युवक,युवतीले अरु कसैलाई मन पराएको छ-छैन ? वुझ्नुपर्छ, यदि उनको कुनै पार्टनर छैन भने मात्र आफुले प्रक्रिया अगाडि वढाउनु उपयुक्त हुन्छ।
- सुरुमा उनको भावनालाई वुझ्ने प्रयास गर्नुपर्छ। उसलाई कसरी प्रभावित वनाउन सकिन्छ, त्यही किसिमको व्यवहार प्रदर्शन गर्नुपर्छ।
- सभ्य ढंगले उ संगको सामिप्यता वढाउनुपर्छ। साथै आफुले उनलाई ‘केयर गरिरहेको’ आभाष दिलाउनुपर्छ।
- जव उ आफुप्रति आकर्षित छ भन्ने कुरा महसुष हुन्छ, तव मात्र प्रेम प्रस्ताव राखे अति राम्रो हुन्छ। यद्यपी प्रस्ताव राख्दा ठाडै ‘आइ लभ यु’ भन्नु उपयुक्त हुन्न। वरु, आफुले उनलाई मन पराएको कुरा व्यक्त गरेर त्यसको प्रतिक्रिया माग्नु उपयुक्त हुन्छ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !