एसएलसी स् नक्कली परिक्षार्थी भेटिए २ वर्षसम्म् परीक्षा दिन नपाउने




काठमाडौं, १० फागुन
परीक्ष नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । एसएलसी परीक्षाको ७९औँ संस्करण आगामी १ देखि ९ चैतसम्म देशव्यापी रूपमा सञ्चालन हुँदै छ ।
पनिकाका अनुसार यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्ज्याम्टेडतर्फ एक लाख १७ हजार ६८ जना गरी पाँच लाख ४७ हजार एक सय ६५ परीक्षार्थी सहभागी हुँदै छन् । त्यसका लागि देशभर एक हजार सात सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने त्यति नै संख्यामा केन्द्राध्यक्ष तोकिने जनाइएको छ ।
परीक्षा नियन्त्रक खगराज बरालले परीक्षालाई व्यवस्थित गराउन दुई हजार ६ सय ५५ जना सहायक केन्द्राध्यक्ष, २१ हजार आठ सय ९० निरीक्षक, सात हजार दुई सय ९७ सहयोगी र १९ हजार आठ सय ६० जना सुरक्षाकर्मी परिचालन हुने बताए । उनले प्रारम्भिक चरणमा विद्यार्थी संख्याको आधारमा सबै जिल्लामा उत्तरपुस्तिका पुगेको र ६९ जिल्लामा प्रश्नपत्रसमेत पुगिसकेको जानकारी दिए । जिल्लालाई आवश्यक पर्ने परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, केन्द्राध्यक्ष, निर्देशन पुस्तिका र खर्चको अख्तियारीसमेत सबै जिल्लामा पठाइसकिएको नियन्त्रक बरालले बताए ।
पनिकाले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ । विद्यार्थीले चिट चोरेको पाइए तथा त्यस कार्यमा सहयोग पुर्‍याएको भेटिए शिक्षा ऐन ०२८ को दफा १७ मा अनुसार कारबाही गरिने जनाइएको छ । दफा १७ मा विद्यार्थीले परीक्षाको मर्यादा भंग हुने कार्य गरे एक लाख जरिवाना र ६ महिनासम्म कैद वा दुवै हुन सक्ने उल्लेख छ । त्यसैगरी चिट भेटिएमा कुनै विषयको वा पूरै विषयको परीक्षा रद्द गरी अर्को वर्षसम्म परीक्षा दिन नपाउने पनिकाले बताएको छ । नक्कली परीक्षार्थी पाइएमा दुई वर्षसम्म परीक्षा दिनबाट वञ्चित गर्न सक्ने नियन्त्रक बरालले बताए । त्यसैगरी परीक्षासम्बन्धी नियम उल्लंघन गर्ने शिक्षक वा कर्मचारीलाई शिक्षा नियमावली ०५९ को नियम ४३ अनुसार कारबाही हुने जनाइएको छ ।

साभार द नेपाल न्युज डट कम

Related

राष्ट्रिय 4052636742382014886

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item