कुखुरा र खसीको मूल्य बढ्यो, कुखुरा तीन सय, खसीको सात सय रुपैयाँ पुग्यो




काठमाडौं ,फागुन १०
कुखुरा र खसीको मासुको मूल्य बढेको छ । कुखुराको मासु किलोको तीन सय रुपैयाँ पुगेको छ भने खसीको मासुको मूल्य सात सय रुपैयाँ कायम भएको छ । खसीको मासुको मूल्य एक किलोमा पचास रुपैयाँ बढेको छ भने कुखुरा किलोको १५ रुपैयाँले बढेको छ । यसअघि खसीको मासु किलोको साढे छ सय र कुखुराको २ सय ८५मा बिक्री हुँदै आएको थियो ।
उपत्यकामा खसी कम भित्रिएपछि मूल्य बढेकोले व्यवसायीहरु बताउँछन् । ‘भारतबाट खसी आयात कम भएकोले मूल्य बढेको हो,’ एक व्यवसायीले भने । बर्डफ्लुका कारण कुखुराको उत्पादन कम भएकोले मासुको मूल्य बढेको हो । जिउँदो कुखुराको मूल्य पनि किलोमा दस रुपैयाँ बढेर २ सय २० रुपैयाँ कायम भएको छ । व्यवसायीका अनुसार बर्डफ्लुका कारण कुखुराको माग १० प्रतिशतले घटेको छ तर कुखुराको उत्पादन भने ३० प्रतिशतले घटेको छ ।

Related

राष्ट्रिय 3084218863193219581

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item