रौतहटमा सात वर्षीय बालकको हत्या

http://sindhulidarpan.blogspot.com/2013/02/news_8026.html
रौतहट, १० फागुन ।
रौतहट जिल्लाको कर्कच कर्मैया गाविसमा सात वर्षीय बालकको आज हत्या भएको छ ।
कर्कच कर्मैया–९ निवासी विनोद राय यादवका छोरा शिवजी रायको अपरिचित व्यक्तिले घाटी रेटी हत्या गरेको हो । बिहान घर बाहिर खेलिरहेका शिवाजी हराए लगत्तै गाउँ नजिकै उखुवारीमा शव फेला परेको रौतहटका प्रहरी प्रमुख गोविन्दराम परियारले जानकारी दिए ।
धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शिवाजीको शव फेला परेको परियारले बताए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।
शिवाजीको हत्या सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको परियारले उल्लेख
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !