नयाँ निर्वाचन गरेर संविधान दिनुपर्छः कोइराला

काठमाडौं, फागुन ७ । 
कांग्रेस सभापति सुशील कोइरालाले २०६२/६३ को जनआन्दोलनबाट देशमा निरंकुश राजतन्त्रको अन्त्य भई गणतन्त्रात्मक पद्धति कायम रहेको भन्दै नयाँ निर्वाचन गर्नु पर्ने दायित्व आएको बताउनुभएको छ । प्रजातन्त्र दिवसका असरमा आज शुभकामना शन्देस दिँदै कोइरालाले जनताको दशकौं पुरानो चाहना विपरीत संविधान नै नबनी षड्यन्त्रपूर्ण रुपमा संविधानसभाको विघटन हुनु इतिहासको अत्यन्त दुःखद घटना रहेको टिप्पणी गर्नुभएको हो ।

 ‘संविधानसभाको विघटन पश्चात संवैधानिक अन्यौल र राजनीतिक अनिश्चितताको बीचमा फसेको मुलुकलाई यो अन्यौलबाट बाहिर निकाल्ने एक मात्र विकल्प भनेको संविधानसभाको नयाँ निर्वाचन नै हो,’ उहाँले भन्नुभयो । उनले संविधानसभाको नयाँ निर्वाचन समयमै सम्पन्न गर्ने र नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्न सकेमा मात्रै नेपाललाई सबै किसिमका संकटबाट मुक्त गर्न सकिने बताउनुभयो ।

Related

राष्ट्रिय 7440406992514090052

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item