छिटो निर्वाचन गर्नुको विकल्प छैनः राष्ट्रपति

http://sindhulidarpan.blogspot.com/2013/02/news_7941.html
राष्ट्रपति डा.रामवरण यादवले असफलताका बाबजुद पनि आशावादी र इमान्दार भएर आफ्नो गन्तव्य एवं कर्तव्य–पथमा निरन्तर लागि रहनु नै एउटा सच्चा लोकतन्त्रवादीको विशेषता रहने बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना शन्देस जारी गरेर डा.यादवले जननिर्वाचित प्रतिनिधिहरुको माध्यमवाट समावेशी र संघीय चरित्रको लोकतान्त्रिक संविधान निर्माण गरी लागू नगर्दासम्म लोकतान्त्रप्रतिको सपना र प्रतिवद्धता अपुरो नै रहने बताए ।
राष्ट्रको लोकतान्त्रिक प्रतिवद्धता र सपना साकार पार्नका निम्ति राष्ट्रिय सहमति जतिसक्दो छिटो संविधानसभा चुनाव गर्नु गराउनु सबैका सामू एक मात्रै विकल्प रहेको उनले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !