प्रजातन्त्र दिवसको अवसरमा फलफूल र कम्मल वितरण

http://sindhulidarpan.blogspot.com/2013/02/news_2407.html
सुरेश बिडारी, सर्लाही,फागुण,७ ।
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला विकास समितिले विरामीलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पताल र ओम नर्सिङ होममा रहेका विरामीलाई फलफूल वितरण गरिएको हो । त्यस्तै नेत्रगञ्ज जुटपानीमा रहेको पद्यम भुवनेश्वरी वृद्ध सेवा आश्रमका वृद्ध वृद्धाहरुलाई दिवसकै अवसरमा फलफूल वितरण गरिएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले जानकारी दिनुभयो । त्यस्तै दिवसकै अवसरमा मोप्प नेपालले वृद्धआश्रमका ३५ जना वृद्ध वृद्धालाई कम्मल वितरण गरेको छ । संस्थाका अध्यक्ष प्रमोद साहले आश्रमका आमाबुवाहरुको लागि ३५ थान कम्मल हस्तान्तरण गर्नुभएको आश्रमकी प्रबन्धक भावनी कोइरालले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !