महिलाका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्नेमा महिलाहरुको जोड

http://sindhulidarpan.blogspot.com/2013/02/news_2427.html
सुरेश बिडारी,सर्लाही फगुण,७
सर्लाहीको ढुङ्ग्रेखोलामा भएको अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले महिलाका लागि बनेका कानुन कार्यान्वयनमा जोड दिएका छन् । महिला संगठित भएर महिला हिंसा विरुद्धमा लाग्ने हो भने मात्रै यसबाट मुक्ति मिल्ने उनीहरुको भनाई थियो । त्यस्तै वक्ताहरुले महिलाका लागि भनेर बनेका कमजोर कानुन परिमार्जन गरी महिला मैत्री कानुन बनाउनु पनि आवश्यक रहेको बताएका छन् । अखिल नेपाल महिला संघ जिल्ला कमिटि सर्लाहीले सञ्चालन गरेको महिला हिंसा विरुद्धको अभियान अन्र्तगत प्रजातन्त्र दिवसकै अवसरमा आयोजित जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रममा महिलाहरुले देशमा भैरहेको महिला विरुद्धको हिंसाका बारेमा चर्चा गरेका थिए । अखिल नेपाल महिला संघ सर्लाहीकी अध्यक्ष कल्पना कट्वालको अध्यक्षता तथा केन्द्रिय सदस्य अञ्जु पौडेलको प्रमुख आतिथ्यमा अन्र्तक्रिया भएको थियो । त्यस्तै आजै भएको संघको भेलाले मार्च ८ मा हरिवनमा चेतनामुलक कार्यक्रम गर्ने निर्णय पनि गरेको सचिव पार्वति विश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै अनेमसंघले फाल्गुन १८ गते ढुङग्रेखोला र २७ गते कर्मैयामा गाविस स्तरीय ंगठन सुद्दृणिकरण अभियान अन्र्तगत पशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !