युवासंघको नयाँ नेतृत्वका लागि मतगणना जारी, बस्नेत प्यानल अगाडी

http://sindhulidarpan.blogspot.com/2013/02/election.html
काठमाण्डौ,फागुन १५ ।
युवा संघ नेपालको नयाँ नेतृत्वका लागि आठौ महाधिवेसनमा भएको मतदानको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार महेश बस्नेत एकसय मतले अगाडी देखिएका छन् । अघि ११ बजेसम्मको मतपरिणाम अनुसार बस्नेतले ५ सय ३९ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेद्वार निरज आचार्यले ४ सय ३९ मत ल्याएका छन् ।
महासचिवमा पनि बस्नेत प्यानलका राजीव पाहारी आचार्य प्यानलका बाबुराम थापाभन्दा केही मतले अगाडी हुनुहुन्छ । उपाध्यमा पनि सबै बस्नेत प्यानलका उम्मेद्वाहरु अगाडी देखिनु भएको छ । आज बेलुका सम्म मतपरिणाम आइसक्ने निर्वाचन मंडलले जानकारी दिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !