सिरहामा आगलागी १२ घर जल्दा २० लाखको क्षति

http://sindhulidarpan.blogspot.com/2013/02/fire_26.html
लहान,फागुन १५ ।
सिरहाको पर्शा पोखर भिन्डा गाबिसमा गएराति ११ बजे भएको आगलागीमा १२ घर जलेर नष्ट हुँदा २० लाख रुपैया बराबरको क्षति भएको छ । स्थानीय सतनी देबी राईको घरमा मच्छेड धपाउन बालेको घुरबाट सल्केको आगोले लम्ण साफी, मन्जु साफी लगायतका ११ स्थानीयबासीको घर , घरमा रहेको धान ,चामल, लता, कपडा जलेर नष्ट भएको प्रत्यक्षदर्शी गोबिन्द सिंहले जानकारी दिनु भएको छ ।
घटनामा परी स्थानीय ४० बर्षिय लक्ष्मन साफी गम्भीर गम्भीर घाईते हुनु भएको छ । आगलागी हुने बित्तिकै स्थानीय बासीले प्रहरीलाई खबर गरे पनि प्रहरी घटना स्थलमा समयमा नपुगेको गुनासो स्थानीयको रहेको छ । लहानमा रहेको बारुनयन्त्रलाई खबर गर्दा बारुनयन्त्र बिग्रेको भन्दै नगएकाले ठूलो क्षति भएको स्थानीयबासीको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !