कञ्चनपुर बन्दको घोषणा ,१२ जना माओवादी कार्यकर्ता नियन्त्रणमा


डडेल्धुरा,फागुन १५ ।
महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा हिजो नेपाल विद्यार्थी संघ र एकीकृत माओवादी निकटको अखिल क्रान्तिकारीका विद्यार्थीबिच भएको कुटाकुटको विषयलाई लिएर क्रान्तिकारी विद्यार्थी संगठनले कञ्चनपुर जिल्ला बन्दको घोषणा गरेको छ । कुटाकुट हुँदा दुवैतर्फ १२ जनाभन्दा बढि विद्यार्थी घाइते भएका छन् । क्याम्पसको बार्षिकोत्सव मनाउने विषयमा सूचना टाँस गर्दा दुई पक्षबीच विवाद भएको थियो । 

८ जना कार्यकर्ता घाइते भएको र घट्नाको छानविनको माग गर्दै घाइतेलाई उपचार खर्चको समेत अखिल क्रान्तिकारीले स्थानीय प्रशासनसित माग गरेको छ । त्यसैगरी नेपाल विद्यार्थी संघले पनि एक प्रेस विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गर्दै नेविसंघ नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने क्रान्तिकाका कार्यकर्तामाथि कारबाहीको माग गरेको छ । क्रान्तिकारीको बन्दका कारण कंचपुरमा बजार, यातायात, शिक्षण संस्था, तथा कलकारखाना पूर्णरुपमा ठप्प रहेका छन् । त्यसैगरी बन्द गराउँदै हिडेको १२ जना माओवादी कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विर्खबहादुर रावलले बताउनुभयो ।

Related

विविध 3716482397358856373

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item