रामेछापमा पनि प्रथम स्वास्थ्य सेवा दिवस मनाईयो


रीता मगर, रामेछाप,फागुन १५ ।
प्रथम स्वास्थ्य सेवा दिवसको अवसरमा आज रामेछापमा पनि जिल्ला स्वास्थ्य कार्यालय रामेछापबाट गुणस्तरिय स्वास्थ्य सेवाको सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ प्रभातफेरी निकाललिएको छ । प्रभातफेरी  रामेछाप बजार हुदै लोक सम्मत चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै डा. सुवास पाठकले सेवाग्राहीमा स्वास्थ्य संस्थासम्म जान नसक्ने कम्जोरी रहेको र स्वास्थ्यकर्मीले पनि नागरिकको घरदैलो सम्म पुगेर सेवा दिन नसकेको बताउनुभयो । 

सहयोग समितिका सदस्य ढालविक्रम कार्कीले स्वास्थ्य सेवा दिवसले आम नागरिकमा स्वास्थ्य संस्थाबाट पाउने सेवाको बारेमा थप जानकारी पाएर सेवा लिन सक्नुपर्ने बताउनुभयो । त्यस्तै दिवसको अवसरमा रामेछापको बेतालीमा भिमेश्वरी स्वास्थ्य आमा समूह र कालीदेवी स्वास्थ्य आमा समुहको संयुक्त पहलमा भिमसेनथान वरीपरि सरसफाई कार्यक्रम भएको छ ।

Related

विविध 3635799219707420771

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item