पानीको विषयमा विबादमा बालकको हत्या

http://sindhulidarpan.blogspot.com/2013/02/murder_26.html
रौतहट,फागुन १५ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले एक जना बालकको हत्यामा संलग्न रहेको आरोपमा दुई जना महिलालाई नियन्त्रणमा लिएको हो । जिल्लाको कर्कच कर्मैया गाविसको एकजना बालकको हत्यामा संलग्न रहेको भन्दै त्यही गाउँका दुईजना महिलालाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
गएको १० गते स्थानिय वडा नम्वर ९ टिकुलिया बस्ने बिनोद राय यादवको ७ वर्षिय छोरा शिवजी राय यादवको हत्या भएको थियो । करिब चार पाँच महिना अगाडि पानीको विषयलाई लिएर बालकको आमासँग झगडा भएको र त्यसकै रिसईवीमा बालकको हत्या गरिएको प्रहरीको भनाइ छ । बालकलाई मिठाइको प्रलोभनमा पारेर उनीहरुको घटनास्थलसम्म बालकलाई लगि हत्या गरिएको प्रहरीले जानकारी दिएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !