चुनाव पछि रेग्मी घर फर्कनु पर्छः खड्का


उदयपुर, फागुन १५ ।

कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले सरकारको बागडोर सम्हाल्न लागेका प्रधानन्यायाधीश खिलराज रेग्मी संविधान सभाको निर्वाचन पश्चात सर्वोच्च अदालत नभई आफ्नो घर तर्फ जानुपर्ने बताउनुभएको छ । गृह जिल्ला उदयपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा खड्काले सरकारको नेतृत्व गरिसके पछि पुनः प्रधानन्यायाधीश हुने नैतिकता र कानूनी प्रावधान सकिँने दाबी गर्नुभयो ।

 ‘यदि रेग्मी प्रधानमन्त्री भए पछि निर्वाचन सकिँनसाथ घर जानु पर्छ,’ उहाँले भन्नुभयो । ‘प्रधानन्यायाधीशलाई दुईवटै हातमा लड्डु हुँदैन,’ उहाँले भन्नुभयो , ‘प्रधानमन्त्री बन्दाको अबस्थामा प्रधानन्यायाधीशको पद त्याग्नु पर्छ ।’ उहाँले रेग्मी नेतृत्वको सरकारको मन्त्रिपरिषदमा कुनै पनि दलबाट प्रतिनिधित्व हुन नहुँने बताउनुभयो ।

Related

राष्ट्रिय 8627740462749009629

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item