सिन्धुलीमा ब्रोईलर कुखुराको मासुको अभाव





उमा पौडेल,सिन्धुली,फागुन ,१६ 

सिन्धुलीमा ब्रोइलर कुखुराको अभाव भएपछि  मासु व्यवसायिहरुलाई समस्या भएको छ । केहि दिनदेखी भएको जिउँदो कुखुराको अभावका कारण माडिबजारका अधिकांस मासु पसलहरु बन्द भएका छन् । ब्रोईलर कुखुरा पालकहरुको फर्ममा रहेको कुखुरा हुर्किनसकेको हुनाले बजारमा कुखुराको मासुको अभाव भएको ब्रोईलर कुखुरा ब्यवसायी ताराराम श्रेष्ठले बताउनुभयो । उहाँले कुखुरा बजारमा आउन अझै केहि दिन लाग्ने बताउनुभयो । सिन्धुलीमा ब्रोइलर कुखुरा जिउँदो प्रतिकेजि १६० देखि १८० सम्म र  काटेको प्रतिकेजि २४० रुपैयामा विक्री वितरण भैरहेको छ । जिल्लामा जिउँदो ब्राइलर कुखुराको अभाव भएपछि उपभोक्ताहरुको माग पूरा गर्न समस्य भएको माडिबजारका मासु व्यवसायी ताल विक्रम बरालले बताउनुभयो । अझै केहि समय कुखुराको अभाव कायमै रहन सक्ने उहाँको भनाइ छ ।


Related

स्थानिय 4909083022422629460

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item