‘सबै कुरा भगवान र डाक्टरको हातमा छ’:ज्ञानेन्द्र

http://sindhulidarpan.blogspot.com/2013/02/gyanendra.html
काठमाडौं, फागुन १६ ।
पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमल र नाती/नतिनासहित आज छोरा पारसलाई भेट्न बैंकक प्रस्थान गरेका छन् । बैंकक प्रस्थान गर्नु अघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्व राजा शाहले छोरा पारसको स्वास्थ्य सुधारको विषय भगवान र डाक्टरहरुको हातमा रहेको बताउनुभयो । ‘सम्पूर्ण कुरा भगवान र डाक्टरमा सीमित छ,’ उनले भने, ‘केवल हामीले कामना मात्रै गर्ने हो ।’ उनले पारसको स्वास्थ्य अवस्थालाई लिएर सम्पूर्ण देशवासी र मिडियाले देखाएको चासो एवं सद्भावप्रति आफू कृतज्ञ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य लाभ होस भन्ने यही कामना गरौं ।’

पूर्व राजा शाह थाइ एयरवेजको टिजी ३२० बोइङ ७७७ बाट दिउसो बैंकक प्रस्थान गरेका हुन् । उनका साथ नाती हृदयेन्द्र नातिनीहरु पूर्णिका र कीर्तिका पनि छन् । पूर्व युवराज पारसलाई एक साताअघि हृयघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उहाँको हेरचाहका लागि पत्नी हिमानी र आफन्तहरु बैंककमै छन् । बैंकक प्रस्थान गर्न लागेको पूर्व राजपरिवारलाई विदाई त्रिभुवन विमानस्थल बाहिर समर्थकहरुको उल्लेख्य भिड लागेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !