महोत्तरीमा दुई जना पक्राउ


महोत्तरी,फागुन १६ ,
महोत्तरीको गौशालाबाट प्रहरीले हतियारसहित दुई जना पक्राउ गरेको हो । आज दिउँसो १ बजे स्थानिय जिरोमाइल चौकमा प्रहरीले चेकजाँच गर्दा गौशाला गाविस वडा नं. ९ का उमेश राम र वडा नं. २ का प्रमोदकुमार साहलाई १ थान  नलकटुवासहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको दुवै जनालाई इलाका प्रहरी कार्यालय गौशालामा राखे थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक जयनारायण यादवले जानकारी दिनुभयो । प्रहरी कार्यालय गौशालाले हिजो मात्रै एक विज्ञप्ति जारी गरी ३५ दिनभित्र अवैध हातहतियार बुझाउनको लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

Related

विविध 3972342288240813834

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item