चोरीका मोटर साइकल भन्सार वुझाउने तयारी


मिनकुमार दाहाल,
सिन्धुली,फागुन १५ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न समयमा पक्राउ गरेका व्लुवुक नभएका मोटर साईकलहरु  वारा जिल्लाको पथलैया भन्सार कार्यालयलाई वुझाउने तयारी गरेको छ । 

जिल्लाको विभिन्न स्थानवाट पक्राउ परेका मोटरसाईकलहरु लीन सम्वन्धीत व्यक्तीहरु नआएकाले लिलामको लागी पथलैया भन्सार कार्यालयमा पठाउन लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक सानुराम भट्टराईले वताउनुभयो ।

 प्रहरीले विभिन्न समयमा पक्राउ गरेका १४ वटा मोटर साईकलहरु सोमवार सार्वजनिक गरेको छ ।
प्रहरीले  कमलामाई नगरपालीका भित्रको विभिन्न स्थानवाट चेक जाँच गर्दा वेवारीसे अवस्थामा फेला पारेको वा २७ प २१५४ रातो रंगको हिरोहोण्डा, वा १९ प ३३३७ कालो डिस्कोभर,वा ३९प ४५५० नम्वरको कालो स्पेलेण्डर, ना १३ प २४२० नम्वर लेखीएको निलो रंगको पल्सर,वा ११प ४७१३ नम्वरको निलो रंगको पल्सर,ज २प ४६९५  नम्वरको कालो रंगको पल्सर,वा१८ प ६६१६ नम्वरको रातो रंगको लिवेरो,ज २प ४८७२ नम्परको कालो रंगको डिस्कभर,वा ३० प ६४८५ नम्वर को निलो पल्सर,वा २९ प ६५०४ नम्वरको रातो रंगको पल्सर,ना ९ प ४४२१ नम्वरको कालो रंगको पल्सर,वा २६ प ८९७३ नम्वरको कालो रंगको पल्सर,वा ४ प ३९८९ नम्वरको रातो रंगको आरएक्स,ज ३ प ३२३३ नम्वरको कालो रंगको पल्सर मोटर साईकल लिलामको लागी भन्सार विभाग पठाउन थालेको जनाएको छ । मोटर साईकलमा लेखीका  नम्वरहरु प्रहरीले नक्कली नम्वर भएको जनाएको छ ।

Related

स्थानिय 1399995032392791072

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item