पहिलो टेष्टमा पाहुना टोली अष्ट्रेलिया पराजित


रौतहट,फागुन १५ ।
अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले ८  विकेटले जित हात पारेको छ । जीतसंगै भारतले चार टेष्ट क्रिकेटको शृङ्खलामा १–० ले अग्रता लिएको छ । जितका लागि पाएको ५० रनको झिनो लक्ष्य घरेलु टोली भारतले २ विकेटको क्षतीमा पुरा गर्यो । चौथो दिन ९ विकेटको क्षतीमा वनाएको २ सय ३२ रनको अवस्थाबाट पाँचौ दिनको खेल अगाडी वढाएको पाहुना टोली अष्टे«लियाले थप ९ रन मात्र जोड्न सक्यो । 

कुनै समय एक इनिङ एक दिन अघिनै हार व्योहोर्ने अवस्थामा पुगेको अष्ट्रेलियालाई मोईसिस हेनरिकले समालेका थिए । अष्टे«लियाको व्याटिङ ध्वस्त पार्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ५ तथा रविन्द्र जडेजाले ३ र हरवजन सिंहले २ विकेट लिए । पहिलो टेष्टमा आश्विन एक्लैले १२ विकेट लिए । पहिलो इनिङमा अष्टे«लियाले ३ सय ८० रन वनाएको थियो भने महेन्द्रसिंह ध्वनीको दोहोरो शतक र विराट कोहलीको सतकिय पारीको मद्यतमा भारतले ५ सय ७२ रन वनाएको थियो ।

Related

प्रमूखखबरहरु 4389551347922827308

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item