उदयपुर कारागारमा बन्दीबीच झडप

http://sindhulidarpan.blogspot.com/2013/02/news_2452.html
उदयपुर,फागुन,९।
जिल्ला कारागार उदयपुरमा आज कैदी बन्दीहरुबीच आपसमा झडप भएको छ । झडपमा ७ जना कैदी बन्दी घाईते भएका छन् ।
कैदी बन्दी बिष्णु धामी, बिदुर भट्टराई, लोकबहादुर तामाङ, दीपक सिवा, पृथ्वी मगर, बिनोद दनुवार र श्यामराम पासवान घाईते भएको कारागार प्रशासनले जनाएको छ । घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
कारागारका चौकीदार दीपेन सुब्बा र युवराज बुढाथोकीको समूहबीच दोहोरो झडपमा उनीहरु घाईते भएका हुन् । चौकीदार दीपेन पक्षका समूहले अन्य कैदीलाई सधैं हेप्ने र निकृष्ट व्यवहार गरेको आरोपमा युवराज समूहले आरोप लगाउँदै आएको थियो । सोही विषयमा झडप भएको प्रहरीको अनुमान छ ।कारागार भित्र कैदीहरुबीच दोहोरो झडप भए पछि प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !