विधार्थीले अझै पुस्तक पाएनन्



रौतहट माघ,१९।
रौतहटको उतरी भेगमा रहेको जनजागृती उच्च मावि सिन्दुरेघारीका विधार्थीहरुले अझै पनि पुस्तक पाएका छैन् । विधालयको कक्षा दशमा अध्यनरत विधार्थीहरुले समाजिक शिक्षा विषयको  पुस्तक आफुहरुले नपाएको गुनासो गरेका छन् । समयमा नै बजारमा पुस्तक नपाएका कारण छुटा छुट्टै किन्नु पर्ने वाध्यता रहेको बताउदै अहिलेसम्म आफूहरुले समाजिक किताव नपाएको बताएका छन् । विधार्थीहरुसँग समयमा नै किताव नभएका करण आफूहरुलाई विधालयमा पढाउनसमेत असजिलो भएको विधालयका समाजिक शिक्षक युवराज पौडेलले बताउनुभयो । करिब सतरी जना विधार्थीले किताव विना नै परीक्षाको तयारी गरि टेष्ट परिक्षा दिनु परेको विधालयका प्रधानध्यापक वलराम चौलागईले बताउनुभयो । यहि चैत एक गतेदेखि शुरु हुने एसएलसी परीक्षाको तयारीमासमेत किताब नभएका कारण समस्या भएको विधालयमा अध्यनरत विधार्थी किरण थिगले बताउनुभयो । आफूहरुले बारम्बार पुस्तक पसलमा जादा समेत पुस्तक नपाएको विधार्थीहरुको भनाई रहेको छ । पुस्तक पसलमा सवै पुस्तक एकै चोटी किन्न खोज्दा समेत नपाएको भन्दै महिनौ महिना पर्खर अन्य पुस्तकहरु पाए पनि अझै समाजिक शिक्षाको किताब नपाएको उनीहरुले बताएका छन् । यस्तै कक्षा नौको विज्ञान किताव विधार्थीले बजारमा नपाएको गुनासो गरेका छन् । 

Related

राष्ट्रिय 6113208124187115643

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item