बाख्राले मान्छेको टाउको भएको बच्चा जन्मायो

http://sindhulidarpan.blogspot.com/2013/02/news_2380.html
बागलुङ माघ,१९ ।
बागलुङ जिल्लाको दुदिलाभाटी गाविसमा एक उन्नत जातको बाख्राले हिजो मान्छेको टाउको भएको पाठो जन्माएको छ । स्थानिय वडा नं ७ ज्यामिर निवासी बलबहादुर कुवँरले निर्वाहमुखिरुपमा पालेको बाख्राले जुम्ल्याहा बच्चामध्ये एउटा पाठाको मान्छेको मुख शरीर बाख्राकै भएको बच्चा जन्माएको हो । उक्त पाठा जन्मेको पाँच मिनेटपछि मरिसकेको छ भने अको पाठी र बाख्री भने सकुशल नै रहेका छन् । बाख्राले मान्छेको टाउको भएको बच्चा जन्माएपछि अचम्म लागेर हेर्न आउने सर्वसाधारण भिड आजसम्म पनि लागेको छ । कुवँरले सामान्य कृषि गर्दै आईरहनुभएका स्थानिय सुमन कुवँरले बताउनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !