आज स्वस्थानी व्रत समापन गरिदै

http://sindhulidarpan.blogspot.com/2013/02/news_3073.html
काठमाण्डौ,फागुन १४ ।
एक महिनादेखि जारी स्वस्थानी व्रत कथा आज विशेष पुजा आरधाना गरेर समापन गरिदै छ । पौष शुक्ल पूर्णिमादेखि हिन्दु नेपाली महिलाहरुले राखेको एक महिना लामो स्वस्थानीको व्रत आज माघशुक्ल पूर्णिमाका दिन समापन गर्ने चलन छ । एक महिनासम्म विवाह भएका र नभएका महिलाहरुले स्वस्थानीदेवीको विधिपुर्वक पुजा र आरधना गरेर आज पुजाको विशेष विधि अपनाएर व्रतको समापन गर्ने भएका छन् । पौराणिक कथनअनुसार हिमालय पर्वकी छोरी पार्वीले एक महिना स्वस्थानीको व्रत बसेर महादेव स्वामी पाएको धार्मिक विश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।
आजका दिन १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्षतालगायत पूजा सामग्रिले आफूले चिताएको मनोकामना पूरा होस भनी स्वास्थानी देवीको पूजा विसर्जन गरिन्छ । स्वर्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोग व्याध निको हुने, बिछोड भएका परिवारजनसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने विश्वास रहेको छ । यसैबीच आज काठमाडण्डूको साँखुमा रहेको शालीनदीमा महिनाभर व्रत बस्ने व्रतालुहरुले आज व्रतको समापन गरेर घर फर्कने चलन छ । यस वर्ष शालिनदीमा मै बसेर दुई सय ७० जना महिलाले स्वास्थानीको व्रत लिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !