प्रमुख चार शक्तिबीच निर्णायक छलफल हुँदै

http://sindhulidarpan.blogspot.com/2013/02/news_8968.html
काठमान्डौ फाल्गुण,५
संविधानसभाको नयाँ निर्वाचनको मितिसहित एकीकृत माओवादी, काङ्ग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आज निर्णायक छलफल हुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा दिउँसो ३ बजे सुरु हुने भनिएको बैठकमा चुनावी सरकारको नेतृत्व, सरकार गठनको प्रक्रिया र यसमा दलहरुको भूमिकाको बारेमा छलफल हुनेछ । एकीकृत माओवादीको सातौं महाधिवेशन माघ २७ मा सकिएयता राष्ट्रपति डा रामवरण यादवले प्रमुख चार शक्तिका शीर्ष नेताहरुसँग निरन्तर छलफल गर्दै आए पनि ती छलफलहरु निस्कर्षमा पुग्न सकेका छैनन् । हिजो साँझ राष्ट्रपतिसँग भएको छलफलपछि बाहिरिएका दलका नेताहरुले एमालेको कारण सहमतिमा पुग्न ढिलो भएको प्रतिक्रिया दिएका थिए ।
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्रीको अधिकारसहित कार्यकारी प्रमुख बनाउने अनौपचारिक सहमति भएको बताइए पनि सरकारको स्वरुपलाई अन्तिम रुप दिन बाँकी रहेको नेताहरुको भनाइ छ । यद्यपि प्रधानन्यायाधीशको राजिनामापछि कार्यकारी अधिकार दिने वा न्यायापालिका र कार्यकारी प्रमुख दुवैको जिम्मेवारी दिने भन्ने बारेमा दलहरुबीच आन्तरिक तथा बहुपक्षीय रुपमा ठोस सहमति हुन बाँकी रहेको स्रोतहरुले जनाएका छन् । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी परिषद् बनाउने विषयमा सहमति भए पनि त्यसको स्वरुपको विषयमा टुङ्गो लागि सकेको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !