बालुवाटारको धर्नामा प्रहरीको हस्तक्षेप, २३ जना पक्राउ



काठमान्डौ फाल्गुण,५।
दण्डहिनताविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा धर्नामा बसेका अधिकारकर्मी तथा सर्वसाधारणको धर्नामा प्रहरीले हस्तक्षेप गर्दा एक जना घाइते भएका छन् भने २३ जना पक्राउ परेका छन् । धरपकडका क्रममा अधिवक्ता बद्री भुसाल घाइते भएको जनाइएको छ । प्रहरीले एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्मा तथा अधिकारकर्मीहरु चरण प्रसाईं, कोपिला अधिकारी, बालकृष्ण घिमिरे, देब महर्जनसहित २३ जना पक्राउ गरेको छ । द्वन्द्वकालमा नेपाली सेनाको हिरासतमा चरम यातनाबाट ज्यान गुमाएकी काभ्रे खरेलथोककी मैना सुनुवार हत्याको नवौं बार्षिकीको अवसरमा अधिकारकर्मी, सर्वसाधारण तथा पीडित परिवारले आज बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेट अगाडि धर्ना दिएका थिए । 

Related

राष्ट्रिय 6170879875124026048

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item