बस दुर्घटनामा ३३ जना घाइते

http://sindhulidarpan.blogspot.com/2013/02/news_9089.html
काठमान्डौ फाल्गुण,५।
सुर्खेतको लाटिकोईलीस्थित पिपिरानजिक आज भएको बस दुर्घटनामा परि ३३ जना घाईते भएका छन् । जसमध्य ६ जना गम्भिर घाईते भएका छन् । सुर्खेतबाट नेपालगंज जाँदै गरेको ना ४ ख ८५–९२ नम्बरको बस बिपरित दिशाबाट आईरहेको भे १ प ६६–५६ नम्बरको मोटरसाईकललाई बचाउन खोज्दा सडक छेउमा पल्टिदा ३३ जना घाईते भएका हुन् । घाईते सबैको स्थानिय माया नर्सिङ होममा उपचार भैरहेको छ भने केहीलाई अन्यत्र रिफर गरिएको छ । केहि घाइतेहरु भने सामान्य उपचारपछि घर फर्किएको बताइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !