रेग्मीलाई प्रधानमन्त्री बनाउनेमा अन्तिम निर्णय


काठमाडौँ ,फाल्गुन, ४ 
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्रीको अधिकार सहित कार्यकारी प्रमुख बनाउने सहमति गरेका दलहरुले आज सहमतिय सरकारको स्वरुपलाई अन्तिम रुप दिने भएका छन् । हिजो भएको अनौपचारिक सहमतिलाई आज अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । एमालेको आधिकारीक निर्णय पनि आजै प्रमुख चार शक्तिको बैठक शीतल निवासमा बस्नेछ । राष्ट्रपति डा रामबरण यादवको उपस्थितिमा दिउँसो २ बजे प्रमुख चार शक्तिको बैठक बोलाइएको छ । जेठको तेस्रो सातामा चुनाव गराउने गरि छुट्टै परिषद गठन गर्ने र त्यसको प्रमुख प्रधानन्यायाधीश रेग्मीलाई बनाउने दलहरुबीच सहमति बनेको छ ।  कांग्रेस नेतृत्वले सहमति जनाइ सकेको छ भने एमाले अध्यक्ष झलनाथ खनालले आजका लागि समय माग गर्नु भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी परिषद बनाउने विषयमा सहमति भएपनि त्यसको स्वरुपमा विषयमा टुङ्गो लागि सकेको छैन् । रेग्मीको नेतृत्वमा एउटा विज्ञसमुह बनाउने वा मन्त्रिपरिषद्को स्वरुपमा ढाल्ने त्यसमा आज टुङ्गो लाग्ने एमाओवादी नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।


Related

राष्ट्रिय 5023416660179284089

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item