आज श्रीपंचमी देशभर पुजाआजा गर्दै मनाइदै




काठमाडौं, ४ फागुन ।
आज माघ शुक्ल पंचमी अर्थात् श्रीपंचमी बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदै छ ।
आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत आजको दिनलाई लिईने गरिन्छ । विशेषगरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–अफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन । देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रर्थना गर्न बिहानै देखि भीड रहेको छ । तान्त्रिकहरु तन्त्रसिद्धीका लागि तारादेवीका रुपमा देवि सरस्वतीको आराधना गर्छन् । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारा स्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ । 
यसैगरि आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यसैबीच वसन्तपचमीकै अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले आज काठमाडौंको वसन्तपुरमा वसन्तश्रवण गर्नुहुनेछ ।

Related

राष्ट्रिय 5011690141632675575

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item