महिलाहरुको नयां अभियान

http://sindhulidarpan.blogspot.com/2013/02/news_712.html
काठमाडौं, ३ फागुन
महिला तथा किशोरी हिसां बिरुद्ध संघर्षरत महिला अधिकारकर्मीहरुले आज वन बिलियन राईजिङ क्याम्पियन अन्तर्गत बिशेष र्याली सम्मपन्न गरेका छन् । महिला हिसांको बिरोध स्वरुप नेपाल सहित बिश्वका बिभिन्न देशमा यो कार्यक्रम आयोजना गरीएको छ । आमा, दिदिबैनी बा प्रेमिकाका रुपमा महिलालाई प्रेम गर्नेहरुले महिलाको बिरुद्धमा भएका हिसांबाट महिलालाई जोगाउन जनचेतना फैलाउने उदेश्यले प्रेम दिवसका अवसर पारेर कार्यक्रम आयोजना गरीएको हो ।
क्याम्पियन अन्तर्गत संसार भरका करिब एक अर्ब महिला एकै पटक महिला हिंसा विरुद्ध सडकमा उर्ताने अभियान अधिकारकर्मीहरुले लिएका थिए । प्रधानमन्त्री निवास बालुबाटारमा जारी अकुपाई बालुबाटार कार्यक्रम स्थलबाट महिलाहरुले निकालेको र्याली शान्ति बाटीकामा आएर सम्पन्न भएको थियो । र्यालीमा सहभागीहरुले महिला हिसां बिरुद्धको अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरेका थिए । र्याली पछि आयोजित सभामा सहभागीले करिव ३ हजार भन्दा बढि बेलुन उडाएर हिसां अन्त्यको अभियानमा सहभागी हुन अपिल गरेका थिए । यसैबिच गएको ५० दिन देखि जारी अकुपाई बालुबाटार आजबाट सम्पन्न भएको छ । महिलामाथि हुने विभिन्न हत्या र हिंसाको अन्त्य गरी समाजमा विधिको शासन कायम गर्न महिला अधिकारकर्मीले अकुपाई बालुबाटार कार्यक्रम संचालन गरीरहेका थिए ।
‘अकुपाइ बालुवाटार’ अभियानले गत पुस १२ देखि निरन्तर रूपमा प्रधानमन्त्री कार्यालय नजिकै महिला हिंसाको अन्त्य तथा पीडकलाई कडाभन्दा कडा सजायको माग गर्दै दैनिक ९ बजेदेखि ११ बजेसम्म धर्ना दिँदै आएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !