आज प्रणय दिवस बिश्वभर मनाइदै ।

http://sindhulidarpan.blogspot.com/2013/02/news_14.html
आज फेब्रुअरी १४ अर्थात, प्रणय दिवस । विश्वभरका युवा–युवती विशेष हर्सोल्लासका साथ प्रणय दिवश मनाउदै छन् । आजको दिनलाई एक–आपसमा प्रेम साटासाट गर्ने दिनका रुपमा मनाइदै आएको छ । रोमका सन्त भ्यालेन्टाइनले प्रेम गर्न प्रतिवन्धित तत्कालिन सैनिकहरुलाई सन् २६९ मा प्रेम विवाह गराइदिएपछि उनको हत्या भएको सम्झनामा प्रणय दिवश मनाउन थालिएको हो ।
सैनिकहरुको विवाह गराइदिएपछि जेलमा राखिएका भ्यालेन्टाइन आफै जेलरकी दृष्टि विहीन छोरीसँग प्रेममा परेको भनाइ छ ।आफूलाई मृत्यू दण्ड दिनुअघि उनले जेलरकी छोरीलाई भ्यालेन्टाइनका तर्फबाट भनि पत्र लेखेकाले आजको दिनलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा बुझन थालिएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !