लुटेराले महिलाको हत्या गरेको आशंका

http://sindhulidarpan.blogspot.com/2013/02/murder_13.html
अप्सरा समाल,
उदयपुर,फागुन २ ।
उदयपुरको भलायडाँडा गाबिसमा सोमबार राती मृत फेला परेकी एक महिलालाई लुटेराले हत्या गरेको आशंका गरिएको छ । घटनास्थल पुगेको प्रहरीले प्रकृति मुचुल्का उठाउने क्रममा गरेको प्रारम्भीक अनुसन्धानबाट लुटेराले हत्या गरेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमूख प्रहरी उपरिक्षक महेन्द्रकुमार पोखरेलले बताउनु भयो ।

मृतक महिलाको कानको गहना लुछिएको अवस्थामा महिलाको शव फेला परेकोले लुटेराले हत्या गरेको आशंका प्रहरीले गरेको हो । भलयडाँडा ९ मैनाटारकी ४७ बर्षिय हिरामाया सार्की हिजो विहान मृत अवस्थामा फेला पर्नु भएको थियो । गाईबस्तु चराउन जंगल गएको महिला घर नफर्किएपछि गाउँलेहरुले खोजी गर्ने क्रममा जंगलको बलानखोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान्ले जाहेरी दिएको र घटनाको बारेमा अनुसन्धान भईरहेको एसपी पोखरेलले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !