आठ वर्षिय बालिका वलत्कार गर्ने सिन्धुलीका नोर्वु पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/02/rape-case.html
सिन्धुली,फागुन २ ।
सिन्धुलीको कमलामाई नगरपालिका १२ ईनार पानीकी आठ वर्षीय एक तामाङ बालिकाकालाई बलत्कार गर्ने २४ वर्षिय नोर्वु तामाङलाई प्रहरीले पक्राउ गरी जर्वजस्ती करणी अन्र्तगत अदालतमा मुद्धा दायर गरेको इलाका प्रहरी कार्यालय भिमानका निरिक्षक चित्रवहादुर भट्टराईले जानकारी दिनुभयो ।
शनिवार साझँ भिमानमा रहेको जनजागृती उच्चमाविको कम्पाउण्डभित्र बालवालिकालाई तामाङ्ले बलत्कार गरेको प्रहरी निरिक्षक भटट्राईले जानकारी दिनुभयो । बालिकालाई बलत्कारी गरी भागेको नोर्वु लामालाई स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले भमिान जगंलवाट पक्राउ गरेको थियो । नोर्वुले उक्त वालिकालाई बलत्कार गरेको प्रहरी समक्ष स्विकार गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !