सिन्धुलीमा निःशुल्क आखाँ शिविर

http://sindhulidarpan.blogspot.com/2013/02/eye-care.html
- माघ २८ गते सिन्धुलीको कुशेश्वर दुम्जामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा केन्द्रको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दुम्जा शाखा, सृजनशील सेवा समाज, धरणीधर स्मृति पुस्तकालयलगायत संस्थाको आयोजनामा सम्पन्न आँखा शिविरमा ३४८ जनाको आँखा जाँच गरिएको जनाइएको छ । नेपाल रेडक्रस सोसाइटी दुम्जा शाखाका अध्यक्ष महेश कोइरालाका अनुसार, आँखा जाँचका क्रममा मोतियाविन्दुका २० विरामी पाइएको र फागुन ५ गते काठमाडौँमा मोतियाविन्दु देखिएकाहरुको शल्यक्रिया गरिने छ । तस्विर: दिपक श्रेष्ठ,काठमाण्डौ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !