व्यवसायीका अगाडी सिन्धुली प्रशासन निरीह

http://sindhulidarpan.blogspot.com/2013/02/sindhuli_9058.html
पोष्टराज पहाडी,
सिन्धुली,फागुन २ ।
सिन्धुली जिल्लामा यातायात व्यवसायीसँग प्रशासन निरीह बनेको पाइएको छ । करिब दुई महिना अगाडी विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने विषयमा हरेक सार्वजनिक बस तथा टिकट काउण्टरमा स्पष्ट सँग ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिइन्छ’ भनि लेखिने सहमति भएपनि अझै पनि उक्त सहमति कार्यान्वयन नभएपछि व्यवसायीका अगाडी प्रशासन निरीह बनेको पाईएको हो । गत पौष ८ गते विद्यार्थी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई र विपी यातायात सेवा समिती, मध्य–तराई यातायात सेवा समिती र हिमाल–तराई यातायात व्यवसायीहरुको उपस्थितीमा २४ घण्टा भित्रै काउण्टरमा ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिइनेछ’ तथा हरेक वसहरुमा भाडादरका विषयमा लेखिने सहमति जनाएका थिए ।
यसरी सहमति मात्र गर्ने तर कार्यान्वयन गर्न आलटाल गर्ने गरेकोले जिल्ला प्रशासन यातायात व्यवासयीका अगाडी निरीह बनेको प्रमाणित भएको स्थानीय विद्यार्थी नेता अनेरास्ववियूका जिल्ला अध्यक्ष टिकाजंग थापाले बताए । उनले भने–‘त्यस बेला २४ घण्टा भित्र कानुन कार्यान्वयन गर्न तयार रहेको प्रशासन दुई महिना वित्न लाग्दा समेत मौन रहनुले निरीह बनेको हामीलाई आभास भएको छ ।’
गरेको सहमति कार्यान्वयन भए नभएको बारे अनुगमन गरी कार्यान्वयन नभएको भेटाउदा समेत जिल्लामा सुरक्षा तथा निति कार्यान्वयन गराउन बसेका उच्च ओहोदाका कर्मचारी हरु मौन बसेको पाइएको छ । आफुहरुले अनुगमन गरेको तर अनुगमनका क्रममा सहमति कार्यान्वयन गरेको नपाइएको र त्यस भन्दा पछाडी आफुहरु फर्केर नगएको सहायक प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले स्वीकार गरे ।
‘प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, म स्वयं र शसस्त्रका प्रहरी नायव निरिक्षक सहितको टोलीले अनुगमन गरेका थियौ तर कुनै पनि काउण्टरमा विद्यार्थीको छुट सम्बन्धी सुचना टाँस गरेको पाएनौ,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने – ‘त्यस पछि हामी अरु नै काममा व्यस्त भयौ । फेरि फर्केर गएका छैनौ ।’ अब पनि कानुन मान्न यातायात व्यवसायीहरु तयार नभए डण्डा लगाएर व्यवसायीलाई कारवाहि गरिने भट्टराईको भनाई छ ।
यता यातायात व्यवसायी संघका केन्द्रिय सदस्य चुडामणी श्रेष्ठले आफुहरुले सुचना टाँस गर्ने काम नगरेको स्वीकर गर्दै आगामी फागुन १० गते सम्म सबै काउण्टर तथा वसहरुमा भाडादर सहीतको विद्यार्थी सहुलियत सम्बन्धि सुचना टाँस गर्ने बताए । उनले भने –‘आगामी फागुन ५ गते व्यवसायीहरुको साधरण सभा छ । सो साधरण सभा पश्चात हामीले सहमति गरेर फागुन १० गते सम्म बोर्ड राखी सक्छौ ।’
राज्यले सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई दिदै आएको छुट समेत विद्यार्थीहरुले पुर्ण रुपमा नपाएको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थी सहुलियतका विषयमा सिन्धुलीमा २०६८ मंसिर ८ गते र २०६९ असोज १५ गते पनि सहमति भएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !