सिमरा गोल्डकप उपाधीका लागि मनाङ–मस्र्याङ्दी र हिमालयन सेर्पा क्लब भिड्दै



काठमान्डौ,फाल्गुण,५
मोफसलको सर्वाधिक पुरस्कार राशीको चौथो सिमरा गोल्डकप फुटबलको उपाधीका लागि आज डिफेण्डिङ मनाङ–मस्र्याङ्दी र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सीमरा रङ्गशालामा हुने उपाधी भिडन्त रोमाञ्चक हुने आयोजकले जनाएको छ । नकआउट फुटबलको उपाधीका लागि मनाङ र हिमालयन शेर्पा पहिलो पटक भिड्न लागेका हुन् । मनाङ गत वर्षको विजेता हो भने हिमालयन शेर्पा दोस्रो संस्करणको च्याम्पियन हो । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका स्ट्राइकर अनिल गुरुङ र डिफेण्डर सविन्द्र श्रेष्ठको अनुपस्थिति मनाङले व्यहोर्नु पर्नेछ । उसका अफ्रिकी मूलका स्ट्राइकर सर्जियो सिको र नीराजन मल्ल फर्ममा छन् । हिमालयन शेर्पाका रुपेश केसी र गणेश खड्का पनि लयमा देखिएका छन् । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले २ लाख रुपैयाँमा चित्त बुझाउनेछ ।

Related

प्रमूखखबरहरु 932336839275560671

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item