सिन्धुलीको मझुवामा दुई घरमा आगलागी

http://sindhulidarpan.blogspot.com/2013/02/news_5590.html
सिन्धुली फाल्गुन ५।
सिन्धुलीको मझुवा गाविस ८ मतानवासमा गएराति दुई घरमा आगलागी भएको छ । आगो स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । मतानवास निवासी छिन्दिमाया थिङ मतान र कुलमान गोलेको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । क्षतिको विवरण भने आउन बाँकी रहेको छ । कुलमान गोलेको घरमा राति नचिनेको समूहले २ ओटा कुखुराको भाले काटेर खाएको र तिनै ब्यक्तिले घरमा आगो लगाएको हुनसक्ने स्थानी अमिन लामाले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !