वेलायतलाई मानअधिकारको कुरा गर्ने अधिकार छैन



काठमान्डौ माघ,१९
भुतपुर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष पदमबहादुर गुरुङ्गले बेलायत सरकारलाई मानव अधिकारको कुरा गर्ने नैतिक आधार नभएको बताउनुभएको छ । नेपाल आदीवासी जनजाती पत्रकार संघ रुपन्देहीद्घारा आज बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले ६० हजार नेपाली युवाहरुलाई मराएर युद्घ अपराध गरेको बेलायतलाई मानव अधिकारको कुरा गर्ने नैतिक आधार नभएको बताउनभयो । गम्भिर मानव अधिकार हनन् गरेको आरोपमा नेपाली सेनाका उच्च अधिकारी कुमार लामा बेलायतमा पक्राउ परेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष गुरुङ्गले आफ्नो देशको रक्षाका लागि बिना कारण ६० हजार नेपाली युवाहरुलाई मराएर युद्घ अपराध गर्ने बेलायतले मानव अधिकार हनन्को आरोपमा नेपाली सेनाका उच्च अधिकारीलाई पक्राउ गर्ने अधिकार नभएको जिकिर गर्नुभयो । भुतपुर्व गोर्खा सैनिकहरुको पक्षमा बेलायतको उच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने कुरामा बेलायत सरकारले आनाकानी गरीरहेको बताउदै उहाले अदालतको फैसला कार्यान्वयन नभए आफुहरु अन्तराष्ट्रीय अदालत जाने चेतावनी दिनुभायो । 


Related

राष्ट्रिय 3823756830241913264

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item