दाङमा एक किशोरीको सामुहिक बलात्कार


काठमान्डौ माघ,१९
दाङमा एक किशोरी माथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । हापुर गाविस ४ की १६ वर्षीया एक किशोरीलाई  माघ १३ गते राती  ९ बजे दुई युवाहरुले  सुतिरहेको युवतीलाई लतारेर बाहीर निकाली घरदेखी केही टाढा लगेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । हापुर २ का १९ वर्षीय देवेन्द्र गिरी र सोही ठाउँका १८ वर्षका माधव गिरीले सामुहिक बलात्कार गरेको पीडित किशोरीले बताउनु भएको छ । घटना भएको अर्को दिन १४ गते पीडित किशोरीले आफूलाई जबरजस्ती बलात्कार गर्ने  ति युवाहरुको नाममा जाहेरी दिएपछि प्रहरीले अभियुक्तहरुलाई १६ गते पक्राउ गरेको थियो । पीडित किशोरीकी बुवा अर्को बिहे गरेर झापामा बस्दै आएको र आमा पनि विवाह गरेर अन्तै गएपछि मामा माइजुको घरमा बस्दै आउनु भएको छ । उहाँ कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ छ किशोरीको स्वास्य अवस्था सामान्य रहेको छ । घटनाका अभियुक्तहरुलाई १६ गते पक्राउ गरेपछि १७ गते म्याद थप गरेर अदालति प्रकृया सुरुभएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

Related

राष्ट्रिय 167789345333093799

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item