तीन कलाकारको अवस्था गम्भीर



काठमान्डौ माघ,१९
बिभिन्न मागराख्दै आमरण अनसनमा बसेका मध्ये तीन जना कलाकारको अवस्था गम्भीर बनेपछि चिकित्सकहरुले अस्पताल लैजान सल्लाह दिएका छन् । आमरण अनसनमा बसेका मध्य मुकेश ढकाल, नीला बस्नेत र एमएस अग्रजको अवस्था गम्भीर बनेको अनसनमा सहभागी सुरेश पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार अनसनस्थलमा पुगेका चिकित्सकहरुले स्वासथ्य संस्थामा लैजान सल्लाह दिए पनि तीनै जनाले स्वास्थ्य जाँचगर्न अस्वीकार गर्नु भएको छ । आफूहरुका माग पूरा नभएसम्म स्वास्थ्य जाँच नगर्ने अडान लिएको पाखरेलले बताउनुभयो । 
यसैबीच आन्दोलनमा उत्रिएका कलाकार र सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवबीच अहिले पनि छलफल भइरहेको छ । सञ्चार मन्त्रालयमा जारी वार्तामा कलाकारहरुको आन्दोलन र माग सम्बोधनको बारेमा कुराकानी भइरहेको छ । आन्दोलनकारी कलाकारको तर्फबाट संयोजक राजकुमार राई, नवल अड्का लगायतका सहभागी भएको बताइएको छ । नव नियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैतालाई हटाएर कलाकारीता बुझेको ब्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने माग कलाकारहरुले राखेका छन् । चलचित्र क्षेत्रलाई व्यवस्थित बनाउनको लागि उचित निती ल्याउन पर्ने लगायतका बिभिन्न ९ बुँदे मागगर्दै कलाकारहरु ४ दिनदेखि चलचित्र विकास बोर्ड अगाडि आमरण अनसन बस्दै आएका छन् । 

Related

राष्ट्रिय 2397736264033589300

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item