सिन्धुलीका द्धन्द्धपिडित बालबालिकालाई राहत सामाग्री

http://sindhulidarpan.blogspot.com/2013/02/nrn-isreal.html
सिन्धुली,फागुन ११ ।
सिन्धुलीका द्धन्द्धपिडित तथा असहाय बालबालिकाहरुलाई राहत सामाग्री वितरण गरिएको छ । एनआरएन ईजरायलले उपलव्ध गराएको नगद एक लाख रुपैयाँ बराबरको राहत सामाग्री आज वितरण गरिएको हो । सिन्धुलीको पहिलो बेवसाईट सिन्धुली दर्पणलाई एनआरएन ईजरायलले सो रकम उपलव्ध गराईएको थियो ।
सिन्धुलीका वरिष्ठ समाजसेवी अमरदिप देवकोटाको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा काल कल्याण गृहका ८ द्धन्द्धपिडित बालबालिकालाई र शैलशिखर अनाथलयका १३ अनाथ बालबालिकालाई ४४ बोरा चामल र स्टेशनरी खर्च वापत २० हजार रुपैया वितरण गरिएको थियो । कार्यक्रममै सिन्धुलीका शहिद पत्रकार कुमार घिमिरेका छोराछोरीलाई पढाई खर्च बापत नगद १० हजार रुपैयाँ वितरण गरिएको थियो भने लामो समयदेखी मुटुको समस्या झेल्दै आईरहेकी मुटुरोगी सुस्मिता आचार्यलाई उपचार खर्च स्वरुप नगर १५ हजार रुपैयाँ वितरण गरिएको थियो ।

ईन्टरनेटको माध्यमवाट पत्रकारिता गर्दै गर्दा ईजरायलमा वस्दै आएका सिन्धुलीवासी कृजल केसी एवं एनआरएन ईजरायलको विशेष पहलमा आर्थिक सकंलक भएको र सिन्धुलीका द्धन्द्धपिडित एवं असहाय बालबालिकालाई राहत सामाग्री उपलव्ध गराईएको सिन्धुली दर्पण अनलाईनका सम्पादक एसवी गौतमले कार्यक्तममा वताउनुभएको थियो ।
रेडक्रस सोसाईटी शाखा सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले मुटुरोगी सुस्मिता आचार्यलाई सिन्धुली दर्पणकै तर्फवाट नगद दुई हजार उपलव्ध गराउनुभएको थियो । कार्यक्रममा बाल कल्याण गृहका राम वहादुर हायु, शैलशिखर अनाथालयका विष्णु देवकोटा, जिल्ला वाल कल्याण संगठनका सभापति माणिक ढकाल, रेडक्रस सोसाइटि शाखा सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठ, भगवति आवासिय उच्च माविका कृष्ण उप्रेती, लगायतले मन्तव्य राख्नुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !