राजेश हमालले झ्याई पार्ने

http://sindhulidarpan.blogspot.com/2013/02/rajesh-hamel.html
-प्रमोद धिताल
नेपाली चलचित्रमा एकछत्र राज गर्न सफल महानायक राजेश हमालले चार महिनाभित्र झ्याइँ पार्ने जनाएका छन् । कावासोतीमा जारी धनधान्याचल ज्ञान महायज्ञ एवं राष्ट्रिय दान महोत्सवमा सहभागी हुन गएका नायक हमालले उक्त कुराको खुलासा गरेका हुन् ।
नायक हमाल प्रधान संरक्षक रहेको नवजीवन च्यारिटेबल ट्रष्टले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै हमालले आफु समाज परिवर्तनका लागि लागेको जनाए । ‘हामीले धेरै गर्नुछ । तर आफ् नो लागि मात्र होइन, समाजमा रहेका दीनदुःखी र असहायको सेवा गर्नुपर्छ ।’ यसका लागि सबैबाट सहयोग जुटाउनु महायज्ञमार्फत आफु लागेको उनले जानकारी दिए ।

महायज्ञको आठौं दिन आइतबार बौद्धि भिक्षु बागेन्द्र गुरु, पण्डित दीनबन्धु पोखरेल र नायक हमालले शान्तिदीप प्रज्वलित गर्नुका साथै परेवा उडाएर विश्व शान्तिको पूजा गरेका थिए । दस करोड रुपियाँको अक्षय कोष निर्माण गरी मुटु, मृगौला र क्यान्सर रोगको उपचारमा सहयोग पु¥याउने उद्देश्यले गरिएको दान महोत्सवमा करिब ३ करोड रुपियाँ संकलन भइसकेको आयोजक समितिले जानकारी दिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !