कमलामाई नगरपालीकाले करको दर वढायो

http://sindhulidarpan.blogspot.com/2013/02/sindhuli_9.html
मिनकुमार दाहाल,
सिन्धुली,माघ २७ ।
कमलामाई नगरपालीका सिन्धुलीले आर्थिक वर्ष ०७०/०७१ लागु हुने गरी करको दर परिर्वतन गरेको छ । कमलामाई नगरपालीका कार्यकारी अधिकृत युववराज आचार्यले १८ नगर परिषदले करको दर परिर्वतन गर्न अधिकार दिएको वताए । आचार्यका अनुसार स्थानिय स्वयत्त शासन नियमावली अनुसार करको दर परिमार्जन गरिएको छ । नगरपालीकाले एक प्रतिशत देखी साडे बाह्र प्रतिशत सम्म करमा वृद्धि गरेको छ ।

गत वर्ष कमलामाई नगरपाललीकाले विभिन्न कर शुल्कवाट ५० लाख ६१ हजार रकम उठाएको थियो । यस वर्ष करमा परिर्वतन गरेपछि वार्षिक ५३ लाख सम्म कर उठ्ने लक्ष नगरपालीकाले लिएको आचार्यले वताए । नगरपालीकाले व्यवसाय कर उठाउन उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अघि वढ्न थालेको जानकारी दरको परिर्वतन सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अधिकृत आचार्यले दिए । कर उठाउन सहकार्य गर्दा उठेको कुल रकमको पच्चीस प्रतिशत उद्योग वाणिज्य संघलाई दिने निर्णय कमलामाई नगरपालीकाको १८ औं परिषदले गरेको छ । कमलामाई नगरपालीकाले घर वहाल कर कढाईको साथ उठाउने तयारी गरेको आचार्यले जानकारी दिए । नगरपालीकाले जनसहभागीता मुखी कार्यक्रमहरु अघि सारेकोले त्यसलाई कार्यन्वयन गर्न नगरवासीलाई अधिकृत आचार्यले अनुरोध गरे । नयाँ घर वनाउनेले नक्शा वनाउँदा पाँच रुख आँगनमा हुर्काउनै पर्ने नयाँ नियम नगरपालीकाले वनाएको छ । पाँच रुख हुर्काउने व्यक्तीलाई ग्रिन कार्ड तथा अन्य सेवा सुविधा प्रदान गर्ने भएको छ ।
कमलामाई नगरपालीका योजना शाखाका सव इन्जीनियर विनोदवावु खकुरालले आर्थिक वर्ष ०७०/०७१ देखी नगरपालीकाले पाँच धुर भन्दा कम जग्गा खरिद विक्री गर्न प्रतिवन्ध लगाउने तथा ६ तल्ला माथिको घर वनाउन अनुमति नदिने परिषदले निर्णय गरेको वताए ।
कमलामाई नगरपालीका—६ रातमाटाका रणर्मदन कार्कीले जनतालाई सेवा दिने नाममा नगरपालीकाले जथाभावी करमा वृद्धी गरेको वताए । जनतासँग नियमले लिन मिल्ने सवै कर उठाउने तर सेवा सुविधा भने नदिने गरेको आरोप लगाए । कर लिए पछि नगर वासीलाई त्यसको सुवीधा दिन सक्नु पर्ने कार्कीको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !