सिन्धुलीमा सन्चालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सकियो

ध्रुवचन्द्र खड्का 
सिन्धुली ,फागुन १४ ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ११ भिमानमा सन्चालित विद्यालय स्तरिय चौथो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । यहि फागुन ११ गते देखि सुरु भएको प्रतियोगितामा जिल्लाका २० वटा विद्यालयको सहभागिता रहेको थियो । जिल्ला खेलकुद विकास समिती सिन्धुलीकी अध्यक्ष जानुका गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला  अधिकारी केशवराज आचार्यको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा नेपालमै पहिलो पटक भिन्न क्षमता भएका विद्यार्थीहरुको समेत सहभागिता थियो ।
 नवज्योति वहिरा विद्यालयले पहिलो पटक आफ्ना विद्यार्थीहरुलाई खेलकुद प्रतियोगितामा सहभागि गराएको हो । प्रतियोगितामा सहभागि भिन्न क्षमता  भएका  विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप प्रमाण पत्र र शिल्ड प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा विद्यार्थीहरुले भलिवल, सट पुट, ज्याभ्लिन थ्रो, लङ् जम्प, हाई जम्प, त्रिपल जम्प, दौड लगायतका १४ वटा खेलहरुमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अन्तरगत छात्र भलिवलमा जनजागृति उच्च मावि भिमान प्रथम, प्रगतिशिल उमावि धामीडुमरिया द्धितिय र सुर्याेदय मावि माडिबजार तृतिय भएका छन् ।
त्यस्तै छात्रा भलिवलमा पनि जनजागृति उच्च मावि भिमान प्रथम, प्रगतिशिल उमावि धामीडुमरिया द्धितिय र सुर्याेदय मावि माडिबजार तृतिय भएका छन् । खेलाडिहरुमध्येवाट भलिवलमा सर्वाेत्कष्ट छात्रा खेलाडी तुलसा चौहान, छात्र तर्फवाट सरोज हायु सर्वाेत्कष्ट भएका छन् । त्यस्तै एथलेटिक्समा छात्रातर्फ जनता आवासिय मावि माडिबजारकी सावित्रा खत्रि र छात्र तर्फ विमल थापा सर्वाेत्कृष्ट भएका छन् । विजयी हुने विद्यालय तथा खेलाडिहरुलाई आजै पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी केशवराज आचार्य, स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का, एकिकृत नेकपा माओवादीका सुरद स्याङतान, नेपाली काग्रेसका होम श्रेष्ठ, जनजागृति उमावि भिमानका प्राचार्य शालिग्राम पौडेल, रेडक्रस शाखा सिन्धुलीका मन्त्री मेनुका सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो

Related

प्रमूखखबरहरु 1084604692786291645

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item