भ्यालेनटाइन्स डेमा के गर्ने ? (टिप्सहरु)

http://sindhulidarpan.blogspot.com/2013/02/valentines-day.html
भ्यालेनटाइन्स डे आउन अब केहि दिन मात्र बाँकी छ । यद्यपी, यस वर्ष यो दिन विकडेजमा परेपनि निश्चित प्लानका साथ आफ्नो पार्टनरसँग यस दिनलाई स्पेशल बनाउन सक्नुहुनेछ । उक्त दिनमा तपाइँ आफ्नो पार्टनरसँग डेटमा जानसक्नु हुनेछ अथवा विकेन्डको नै प्लान गर्नसक्नु हुनेछ । यहाँ सही तरिका अपनाउनको लागि केहि उपायहरु बताइएका छन् ।
फूलको राम्रो व्यवस्था : फूल सबैका लागि प्रिय हुन्छन्, त्यसकारण केहि राम्रा राम्रा फूलको बुके बनाएर त्यसमा तपाइँले सोच्नु भएको प्लान लेखेर पार्टनरलाई दिनुभयो भने उनको अनुहारमा चहकिलो मुस्कान देख्न सक्नुहुनेछ ।

पिकनिक : यदि तपाइँसँग थोरै समय छ र एक दिनमात्र खाली हुनुहुन्छ भने प्रकृतिको नजिक हुने ठाउँमा जानुहोस् । यस्तो ठाउँमा गएर दुईजना सँगै खाना खानु र एक अर्कासँग रमाइलो कुरा गर्नु जस्तो रोमान्टिक अरु केहि पनि हुँदैन ।
खानेकुरा प्याक :आफ्नो पार्टनरसँग बाटोमा खानको लागि ध्यानपूर्वक केहि खानेकुरा प्याक गर्नुहोस् । ड्राई फ्रुट्स, चिज, लेज र चिप्सजस्ता खानेकुरा प्याक गर्नुभयो भने राम्रो हुन्छ ।
वाइन र स्यामपेन : वाइन अथवा स्यामपेनको पूर्व योजना गर्नुहोस् र आफ्नो रुममा होटलको स्टाफले ल्याइदिने व्यवस्था मिलाउनुहोस् । यदि तपाइँको स्विटहार्ट अल्कोहल नखाने हो भने एक बक्स चकलेटको व्यवस्था मिलाउनुहोस् ।
बेलुकी रमाइलो : दिनभरी आफ्नो पार्टनरसँगै हुनुहुन्छ वा भर्खरै भेट्नुभएको छ भने बेलुकीको समयलाई अझ बढि रोमान्टिक बनाउनुहोस् । पार्टनरसँग तपाइँ लाइभ म्युजिक भएको डिनरमा जानसक्नु हुनेछ र त्यहाँको संगीतकारहरुसँग आफ्नो पार्टनरलाई मनपर्ने गीत गाइदिनको लागि आग्रह गर्न सक्नु हुनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !