पप गायक सुगम पोखरेल रिहा


 काठमाडौं, माघ २७ ।

 लागूऔषध प्रयोग अभियोगमा पक्राउ परेका पप गायक  सुगम पोखरेलाई प्रहरीले आज रिहाई गरेको छ ।  काठमाडौंको सेतोपुलबाट पोखरेल लागूऔषध प्रयोग अभियोगमा साथीहरुसँग  शुक्रबार पक्राउ परेका थिए । उनलाई परिवारको पत्यक्ष निगरानीमा पुनःस्थापना  गृहमा राख्ने सहमतिसहित मुक्त गरिएको लागूऔषध कानून कार्यान्वयन ईकाई  नयाँवानेश्वरका नायव उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।  यस अघि पनि सुगम लागूऔषध प्रयोगको अभियोगमा पक्राउ परिसकेका छन् ।

  रेडियो सगरमाथामा कार्यक्रम सञ्चालन गर्दै आएका सुगमले पछिल्लो समय केही  नेपाली चलचित्रमा पनि संगीत दिएका थिए ।  गायक सुगमका साथबाट लागूऔषध फेला नपरेपनि उनीसँगै पक्राउ परेका अन्यको  साथबाट खैरो हेरोइन फेला परेको थियो ।  गायक सुगम लागूऔषधको प्रयोगकर्ता भएको अनुसन्धानका क्रममा खुलेको नायव  उपरीक्षक रेग्मीले जानकारी दिए । सुगमसहित पक्राउ परेका अन्य सातजनालाई  पुनःस्थापना गृहमा उपचार गराउने गरी छाडिएको छ । उनीहरुको नाम गोप्य  राखिएको छ ।

Related

प्रमूखखबरहरु 48446168272253554

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item